बंगलादेशमा भएको ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण



काठमाडौं पुस २६ ।

नेपालकी पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण जितेकी छिन् ।

ढाकामा आइतबार दक्षिण एसियाली क्षेत्रको प्रतिस्पर्धामा पुष्पाले स्वर्ण जितेकी हुन् । पुष्पाले निर्धारित दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डको समय निकालिन् । पुष्पाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत जितेकी थिइन् । भारतकी ज्योति गवाती ३ घण्टा १६ सेकेण्डसहित दोस्रो र दिव्यांका चौधरी ३ घण्टा ७ मिनेट ४१ सेकेण्डको समयसहित तेस्रो भईन् ।

पुरुषतर्फ नेपालका किरणसिंह बोगटी चौंथो भए । किरण सागका स्वर्णधारी हुन् । किरणले २ घण्टा २६ मिनेट १३ सेकेण्डमा दौड पुरा गरे । दोस्रो राउण्डमा चोट बोकेपछि किरणले उत्कृष्ट प्रदर्शन गर्न नसकेको टोलीका प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए ।

पुरुषतर्फ भारतका बहादुर सिंहले स्वर्ण जिते । उनले २ घण्टा २१ मिनेट ४० सेकेण्डको समय निकाले । भारतकै राजपाल सिंह २ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो र भारतकै हिट राम २ घण्टा २५ मिनेट २३ सेकेण्डको समय निकाल्दै तेस्रो भए ।

प्रतिक्रिया दिनुहोस्