थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १३ जना डिस्चार्ज



काठमाडौं पुस २६ ।

पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्