काठमाडौँ उपत्यकामा १ सय २६ जना कोरोना संक्रमित थपिए



काठमाडौं पुस २६ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९९, भक्तपुरमा ९ र ललितपुरमा १८ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर १९१ जना कोरोना संक्रमितको आईसीयुमा र ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्