पञ्चकन्याको नामरुङ प्राविका विद्यार्थीलाई न्यानो कपडा



नुवाकोट,पुष २६। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ बयगाउस्थित नामरुङ प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। लायन्स क्लब अफ बालाजुको सहयोगमा विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई न्यानो कपडासहित आवश्यक शैक्षिक सामग्री वितरण गरिएको स्थानीय रामकुमार गिरीले बताए ।

स्थानीय बासुदेव गिरीको पहलमा गतवर्ष देखि प्रदान गर्दै आएको न्यानो कपडासहित शैक्षिक सामग्रीले बालबालिकालाई शैक्षिक विकासमा थप राहत महसुस गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि मगरले बताए ।

आइतबार विद्यालयमा भएको कार्यक्रममा प्रतिविद्यार्थी न्यानो कपडा ट्र्याकसेट १/१ थान, स्टेसनरी सामग्री १/१ थान वितरण गरिएको छ भने क्लबले दिवा खाजाको ब्यवस्थापन समेत गरेको छ।

कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिलबहादुर थापा(मदु),स्थानीय अभिभावक,विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्