भिजिट भिसामा विदेश जानेलाई १५ लाखको बिमा अनिवार्य



काठमाडौं पुस २६ ।

भिजिट भिसामा विदेश जानेलाई बिमा अनिवार्यको लागु हुने भएको छ ।

अध्यागमन विभागको प्रारम्भिक छलफलमा भिजिट भिसाको लागि विदेश जानेहरुको लागि बिमा अनिवार्य लागु गराउन लागिएको विभागका निर्देशक टेकनारायण पौडेल बताए । केही समयअगाडि गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको रिपोर्टअनुसार न्यूनतम १५ लाख रुपैयाँको बिमा गर्नुपर्ने सुझाव पेस गरेको थियो ।

आइतबार भएको बैठकले त्यो १५ लाखको बिमाभित्र के–के समेट्ने भनेर छलफल भएको समेत पौडेलले जानकारी दिए । आइतवार भएको छलफलमा तत्काल बिरामी भएमा उपचार खर्च कसरी पाउने, दुर्घटना भएमा उपचार खर्च कसरी पाउने, यात्राको समयमा मालसामान चोरी भएका मालसामानको क्षतिपूर्ति कसरी पाउने भनेर प्रारम्भिक छलफल भएको उनले बताए ।

आज अध्यागमन विभागले आयोजनामा भएको उक्त प्रारम्भिक छलफलमा नेपाल राष्ट्र बैंक, वैदेशिक रोजगार विभाग, अध्यागमन कार्यालय, बिमा समितिका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्