तारकेश्वरमा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न



खेलको सुरुवात गर्दै अतिथि गण

नुवाकोट,पुष २६ । जिल्लाको तारकेश्वर गाउँपालिकामा प्रथम लर्केप कप नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता तारकेश्वर गाउँपालिकाको वडा नम्बर १ लर्केपस्थित नागिपङ खेल मैदानमा यहि पुष १९ देखि २५ गतेसम्म भएको थियोे।प्रतियोगितामा नुवाकोट र धादिङका १५ वटा क्लबका २० टिमको सहभागिता रहेको आयोजक क्लब लर्केप युनाइटेड युवा क्लवका सचिव बिष्णु तामाङले बताए।

प्रतियोगितामा विदुर नगरपालिका वडा नम्बर १२ को गौरीबेसी युवा क्लब विजयी बनेको छ भने  निलकण्ठ १ धादिङको म्हेन्दोफोले युबा क्लबले उपविजेताको हिस्सा ओगटेको छ। प्रथम बन्न सफल गौरीबेसी क्लबले नगद ५० हजारसहित प्रमाणपत्र हात पारेको छ भनेर उपविजेता म्हेन्दोफोले युबा क्लब धादिङले २५ हजार रुपैयाँँसहित प्रमाणपत्र जितेको छ।

प्रतियोगितामा म्हेन्दोफोले युबा क्लबका एन्जल तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। त्यस्तै सर्वोत्कृष्ट गोलकिपर गौरीबेसी युवा क्लबका मनिष प्याकुरेल, सर्वाधिक गोलकर्ता गौरीबेसी क्लबकै अकाश रानामगर छनौट भएका थिए। मगरले खेल अवधिमा ६ गोल गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद नारायण प्रसाद खतिवडा, बिशेष अतिथि तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ति, उपाध्यक्ष तारादेवी रिमाल,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धिमान तामाङ लगायतले पुरस्कृत क्लबहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्