५ तला माथिबाट खस्दा मजदुरको मृत्यु



भक्तपुर,पुष २७ । जिल्लामा घरको गारो लगाउने क्रममा पाँच तला माथिबाट खस्दा एक मजदुरको ज्यान गएको छ । आइतबार कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर भुइँतलामा बजारिँदा गम्भीर घाइते मगरको डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्