विदुर नगरपालिकाले दियो आज सार्वजनिक विदा



नुवाकोट,पुष २७ । जिल्लाको विदुर नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ ।

आज सोमबार २ सय ९९ औ पृथ्वी जयन्ती तथा रााष्ट्रिय एकीकरण दिवसको अवसर पारेर नगरपालिकाले आफ्नो सेवा क्षेत्रभित्र सार्वजनिक विदा दिएको जनाएको छ ।

नगरपालिकाको पाँचौ नगरसभाको निर्यण र नगरपालिकाको बैठकको निर्णय अनुसार विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले जानकारी दिए ।

नगरपालिकाले विदा दिएसंगै आज नगरपालिका भित्रका सबै विद्यालय,सहकारी , सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्