पूर्वगोल रक्षक शाहीको निधन



काठमाडौ,पुष २७ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

आइतबार राति ६५ वर्षको उमेरमा उनको निधन भएकाे पारिवारिक श्रोतले जनाएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको हो ।

उनको सोमबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्