कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु



काठमाडौं, पुष २७ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमित ४ सय ८८ थपिएका छन् । सोमबार ५ सय २७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६५ हजार २ सय ६८ संक्रमित भएपनि २ लाख ५८ हजार ९ सय ६८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ३ सय ७३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १९ लाख ८७ हजार ५ सय ५५ जनाको पिसीआर परिक्षण भएको छ । क्वारेन्टिनमा बस्नेको सख्या २ सय ३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्