दोस्रो देवदह खुल्ला फुटवल प्रतोयोगिता सुरु



नगर प्रमुख हिरा बहादुर खत्री खेल उद्घाटन गर्दै

सुरज भट्टराई, देवदह 

रुपन्देही, माघ २७ । जिल्लाको देवदहमा “दोस्रो देवदह खुल्ला नकआउट फुटवल प्रतोयोगिता” सुरु भएको छ । डि-युनिटी क्लब देवदहको आयोजनामा सोमबार देखि देवदह ५ , पानबारिको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा जम्मा १२ ओटा समुहले भाग लिएका छन् ।

प्रतियोगिताको संयोजक सन्तोष घलेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हिरा बहादुर खत्रीले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खत्रीले नगरको खेलकुद विकासको लागि प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए। खेलकुदको विकासको लागि खेलाडीको क्षमता विकास र पुर्वधार निर्माणलाई जोड दिनु पर्ने उनको भनाई थियो । नगरको हरेक विकासकोमा युवाहरु नै आवश्यक भएकोले युवाहरुनै जागरुक हुनुपर्ने उनले बताए । प्रतियोगितामा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ , नगर प्रवक्ता तथा वडा नं ५ वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगर खेल्कुद समिति अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , देवदह प्रहरी चौकी प्रमुख दिपक महत लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन दिपेश मल्लले गरेका थिए ।प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ७५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै,उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने आयोजकले जानकारी गराएका थिए। प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले सहयोग गरेको छ।

उद्घाटन खेल

पहिलो खेलमा आयोजक टिम डि-युनिटी क्लब ( निलो ) ले बुद्धभुमी एकडमी,बासगडीलाई १-० गोलको अन्तरले पराजित गरेको छ । आयोजक टिमका केशव कुमालले १ गोल गर्दै खेलको म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगिताको दोश्रो खेल भने मंगलबार सितलपुर युथ क्लब र फर्सटिकट युथ क्लब बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्