तिहार मनाउन प्रहरी महानिरीक्षक डा. के.सी. गृहजिल्ला नुवाकोटमा
नुवाकोट,कात्तिक २६ । नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के.सी. तिहार पर्व मनाउन आफ्नो गृहजिल्ला नुवाकोट आउनुभएको छ।
उहाँ विदुर नगरपालिका–७, तुप्चेस्थित जन्मघर पुगेर भाइटीका ग्रहण गर्नुका साथै पारिवारिक जमघटमा सहभागी हुनुभएको हो।
सो अवसरमा महानिरीक्षक डा. के.सी.ले अस्वस्थ रहनुभएकी आमासँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आशीर्वाद ग्रहण गर्नुभएको थियो।
गृहजिल्ला आउनुभएका उहाँलाई स्थानीय आफन्त, शुभचिन्तक तथा गाउँलेले स्वागत गर्दै बधाई ज्ञापन गरेका थिए। उहाँको उपस्थितिले तुप्चेमा आफन्त तथा स्थानीयवासीमा खुसी र उत्साह छाएको थियो। भेटघाटका क्रममा उहाँले गाउँघरको हालखबरसमेत बुझ्नुभएको थियो।

