छहरे महोत्सव: आजको आकर्षण बबिता बानियाँ ‘जेरी’



नुवाकोट,फागुन १८ । शुक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ संचालन भैरहेको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेको छ।

आज मंगलबार हुने मेलामा चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’, लोक आधुनिक गायक रमेशराज भट्टराई र हास्य कलाकार पुर्खे बाको उपस्थिति रहने आयोजकले जनाएको छ। त्यस्तै चर्चित लोकदोहोरी गायक बिमलराज क्षेत्रीको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

मेलामा प्याराग्लाईडिङ यात्रा,हेलिकप्टरबाट पवित्र धाम गोसाइँकुण्डको यात्रा तय गर्न सकिनेछ। साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको महोत्सव संयोजक सानू केसीले बताए।

प्रतिक्रिया दिनुहोस्