सुन तोलामा ३ हजार ३०० र चाँदी १२० रुपैयाँले बढ्यो
काठमाडौँ, मंसिर ११ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १२० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।

