छहरे महोत्सव: आज पशुपति शर्मा, प्रदीप रोक्का र राधिका हमाल आउँदै




नुवाकोट,फागुन १९ । शुक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ चलिरहेको छ। एक समारोहका बीच फागुन १४ गते उद्घाटन भएको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेको छ।

आज बुधबार हुने मेलामा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका राधिका हमाल,अमृता लामिछाने र हास्य कलाकारद्वय करण लामा र दिनेश लामाको उपस्थिति रहने आयोजकले जनाएको छ। त्यस्तै चर्चित लोकदोहोरी गायक प्रदीप रोक्का को प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम समेत रहने आयोजकले जनाएको छ ।

मेलामा प्याराग्लाईडिङ यात्रा,हेलिकप्टरबाट पवित्र धाम गोसाइँकुण्डको यात्रा तय गर्न सकिनेछ। साथै चर्चित कलाकारका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिइदै आएको महोत्सव संयोजक सानू केसीले बताए।

प्रतिक्रिया दिनुहोस्