नुवाकोटसहित विभिन्न जिल्लामा आजदेखि कोरोना खोप



काठमाडौं, चैत २५ । नुवाकोटसहितको विभिन्न जिल्लामा आजदेखि कोरोना खोप लगाइने भएको छ। चीनबाट अनुदान स्वरूप प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको हो । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट लगाईन लागेको हो ।

उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पहिलो चरणमा खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा खटिने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि दिइने छ ।

खोप अभियान काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्