काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झर्‍यो, देशभर चिसो बढ्दै



काठमाडौं,कात्तिक २६ । देशभर चिसो बढ्ने क्रम सुरु भएको छ। पछिल्लो समय तापक्रम घट्दै जाँदा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ८ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज बिहान पौने ६ बजे गरिएको प्रारम्भिक मापनमा काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस रहेको थियो। एकै दिनमा तापक्रम २ दशमलव २ डिग्रीले घटेपछि उपत्यकामा चिसो थप बढेको छ।

प्रतिक्रिया दिनुहोस्