वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार



पर्सा,कात्तिक २६ । पर्सास्थित वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन्।

कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलका टोली परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिए।

वीरगञ्ज भारतसँगको खुला सीमा नजिक रहेकाले फरार कैदी भारततर्फ भाग्न सक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी बढाइएको छ। साथै, सुरक्षा जाँचसमेत कडा पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्