नेपालमा थप २ सय ९८ जनामा कोरोना,२ जनाको मृत्यु



काठमाडौ,चैत २५ । नेपालमा बितेको २४ घनमा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ७८ हजार ७६८ जना पुगेको छ ।

२४ घण्टा समयावधिमा ७४ जना संक्रमण मुक्त भएका छन् । यससंगै नेपालमा हालसम्म २ लाख ७३ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्