गायक सानु केसी र स्मृति गौतमले ल्याए आउँछ झल्को काटेनी नौ डाँडा



काठमाडौ,वैशाख ३ । चर्चित गायक/गायिकाद्वय सानु केसी र स्मृति गौतमले लोकदोहोरी गीत ‘आउँछ झल्को काटेनी नौ डाँडा’ बजारमा ल्याएका छन् ।

शुक्रबार सार्वजनिक भएको उक्त गीतमा स्वर सानु केसी र स्मृति गौतमको रहेको छ भने गीतको भिडियोमा शोभा त्रिपाठी,भुवन चौलागाई र लक्ष्मी दर्लानलाई देख्न सकिन्छ ।

मिलन फिल्मसमा रेकर्डिङ भएको गीतमा लय मदन सुफिक्सको रहेको छ भने एरेन्ज नारायण दंगालको रहेको छ। लाइभ दोहोरीमा समेत ख्यातिप्राप्त गायक सानू केसी र अशोककुमार सापकोटाको शब्द रहेको उक्त गीतको मिक्सिङ प्रेम दीप, भिडियो निर्देशन निरन श्रेष्ठ,कोरियोग्राफर अमन रानाले गरेका छन् ।

जुनतारा ईन्टरटेन्टमेन्ट युट्युबको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘आउँछ झल्को काटेनी नौ डाँडा’लाई दर्शक श्रोताले उत्कृष्ट गीत भन्दै सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण टोलीले जनाएको छ।

गीतको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्