कोभिड व्यवस्थापनद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस



काठमाडौ,वैशाख ४ । कोभिड १९ व्यवस्थापन केन्द्रद्वारा शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

शनिबार बसेको कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले बताइन् ।  

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने बताइएको छ । सीसीएमसीले गरेको सिफारिस भने मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू मात्र हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्