वैशाख मसान्तसम्म सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय



काठमाडौँ,वैशाख ६ । कोरोना संक्रमण वृद्धिसंगै सरकारले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, अनलाईन कक्षा भने सञ्चालन गर्ने निर्णय भएको छ ।

त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय बैठकले गरेको छ ।

यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो  ।

पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो ।

बैठकको निर्णणयअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, हेटौंडा, काँकडभिट्टा, विर्तामोड, दमक, विराटनगर, इटहरी, धरानका सरकारी तथा निजी विद्यालय बन्द हुनेछन् ।

यस्तै, वीरगञ्ज, जनकपुर, राजविराज, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरमा पनि विद्यालय बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्