नुवाकोट शिवपुरीमा दोस्रो चरणको कोरोना खोप १० गते लगाइने



नुवाकोट,वैशाख ७ । जिल्लाको शिवपुरी गाउँपालिकामा कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप वैशाख १० गते लगाइने भएको छ।

गत माघ १४ देखि फागुन ११ गतेभित्र पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका महिला स्वास्थ्य स्वयंसेवीका ,स्वास्थ्यकर्मी,जन प्रतिनिधि,सुरक्षाकर्मी,सफाईकर्मी,निजामती कर्मचारी,बैक तथा बित्तिय क्षेत्रका कर्मचारीहरुलाई दोस्रो डोज खोप वैशाख १० गते लगाउने तयारी गरिएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए।

गाउँपालिकाको कार्यालय सेराबगरमा विहान १० बजेदेखि सुरु हुने दोस्रो चरणको खोप कार्यक्रममा आउदा पहिलो खोप लगाएको कार्ड अनिबार्य लिई उपस्थित हुनुपर्ने समेत शाखा प्रमुख कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्