पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौ,वैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापाले जनाएका छन् । थापाले शाह दम्पती केहिदिन अघि भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको समेत जनाएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले भनेका छन्: राजा ज्ञानेन्द्र तथा बडामहारानी कोमल कोरोनाबाट संक्रमित भएको खवरले हामी चिन्तित भएका छौँ। राजा ज्ञानेन्द्र तथा बडामहारानी कोमलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

प्रतिक्रिया दिनुहोस्