बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम वैशाख ११ गते हुने



काठमाडौ,वैशाख ७। टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर झरनामा नयाँ वर्ष २०७८ का अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रमको तयारी गरिएको छ।

गत चैतको पहिलो साता बसेको शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले उक्त निर्णय गरेको थियो।

सो बैठकले गुन्दु्क, मकै, भटमास, वार्षिकोत्सव तथा २०७६ र २०७७ को श्रष्ठा सम्मान कार्यक्रम २०७८ वैशाख ११ गते टोखा झोर झरनामा गर्ने निर्णय समेत गरेको थियो ।

कार्यक्रम वरिष्ठ साहित्यिक पत्रकार डाक्टर तुलसी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा हुनेछ। कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान – गोर्खे साहिलो – चितवन – २०७६, निवन्ध आचार्य – २०७७ र शिवपुरी गजल सम्मान, प्रकाश घायल – २०७६, रावत – २०७७ प्रदान गरिनेछ।

कार्यक्रममा नरबहादुर भारती सम्मान – डा. धन प्रसाद सुवेदी – २०७६, उन्नती बोहोरा शिला – २०७७ त्यस्तै मानशोभा प्रतिभा सम्मान – कवि राधा आचार्य – २०७६, डा. भीष्मकुमार भूसाललाई सम्मान गरिने समाजका एचके धितालले बताए ।

प्रतिक्रिया दिनुहोस्