थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, बैशाख ९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २४ सय २८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ४८ पिसीआर परिक्षणमा २४ सय २८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सोही समयावधिमा २ सय ५२  जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्