थप २५ सय ५९ संक्रमित , ४१० जना डिस्चार्ज



काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  २५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ४ सय १० जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्