नुवाकोट शिवपुरीमा १३७ जनाले लगाए दोस्रो चरणको खोप



दोस्रो चरण खोप कार्यक्रममा सहभागी हुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य

नुवाकोट,वैशाख १० । जिल्लाको शिवपुरी गाउँपालिकामा १३७ जनाले दोस्रो चरणको खोप लगाएका छन् । कोभिड-१९ पहिलो प्राथमिकतामा परेका समुहलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिन लगाइएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए।

शाखा प्रमुख कार्कीका अनुसार गत माघ १४ देखि फागुन ११ गतेभित्र पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका महिला स्वास्थ्य स्वयंसेवीका ,स्वास्थ्यकर्मी,जनप्रतिनिधि,सुरक्षाकर्मी,सफाईकर्मी,निजामती कर्मचारी,बैक तथा बित्तिय क्षेत्रका कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाइएको हो।

खोप कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ अधिकृत सागरप्रसाद घिमिरेको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्