पाल्पामा ‘तपाईंको माक्स खोई?’ अभियान सुरु



पाल्पा,वैशाख ११ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले शुक्रबार तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेकाे छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले तानसेनमा तपाईको मास्क खाेई ? अभियान लिएर जिल्ला प्रमुख जिल्ला अधिकारी याेगेन्द्र प्रसाद पाण्डेय सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिले बजारमा सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित गरेका हुन् ।

सो क्रममा मास्क नलगाई हिडने व्यक्तिहरुलाई मास्क लगाएर हिड्न अनुराेध सहित मास्क वितरण गरिएको छ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक राेग ऐन २०२० बमोजिम जरिवाना गरिने व्यहाेरा जानकारी सहित सर्वसाधारणमा जनचेतना जगाउन कार्यक्रम गरिएकाे प्रजिअ पाण्डेयले बताए ।

काेभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ भन्ने उद्देश्यले मास्क सहित सचेतना जगाइएकाे हाे । बजारमा प्रहरी प्रशासन सहितका टाेलीले मास्क बाँडेपछि सर्वसाधारण भने आश्चार्यमा परेका थिए ।

टाेलीले प्रशासन, सिल्खान, लहरेपिपल, बसपार्क, टूँडीखेल लगायतका स्थानमा तपाइकाे मास्क खाेइ भन्दै मास्क नलगाउनेलाइ मास्क दिएर काेराेना विरुद्धकाे सचेतना फैलाएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्