शव व्यवस्थापनमा गम्भीर लापरबाही



सुनसरी, बैशाख ११ । धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड उल्लंघन गरी ५० जनाभन्दा बढी सहभागी भएको भेटिएको छ।

बिहीबार दिउँसो परिवार तथा आफन्तले मृतकको शव चतरामा लगेर अन्त्येष्टि गरेका थिए। अन्त्येष्टिमा परिवार, आफन्त र छिमेकी गरी ५० भन्दा बढी सहभागी थिए।

प्रतिष्ठानमा बुधबार राति धरान ११ का ४५ वर्षीय एक संक्रमितको मृत्यु भएको थियो। मृतकको शव प्रतिष्ठानले बिहीबार बिहान परिवारको जिम्मा लगाएको थियो।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्