ठडियो धरहरा, आज उद्घाटन हुँदै



काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ।

एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ। पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ।

यो समाचार अन्नपूर्णपोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्