पूर्व राजा दम्पती अस्पताल भर्ना



काठमाडौ,वैशाख ११ । पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका छन् ।

निर्मल निवासको होम आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार दिउँसो नर्भिक अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भए पनि उनिहरुको अवस्था स्थिर रहेको नर्भिक अस्पतालले जनाएको छ ।

पूर्वराजा दम्पतीद्वयलाई गत वैशाख ७ गतेवकोरोना सङक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर बैशाख ५ गते नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमलमा कोरोना देखिएको हो । कोरोनाबाट बच्न कुनै स्वास्थ्य मापदण्ड पालना नभएको कुम्भमेलामा सहभागी सयौँ जनामा कोराना पुष्टि भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्