टोखा नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द



काठमाडौ,वैशाख १३ । टोखा नगरका विद्यालयमा भौतिक पठनपाठन बन्द गरिएको छ।

सोमबार नगर शिक्षा समितिले कोरोना महामारी बढ्दो र फैलिदो क्रममा रहेकाले भौतिक पठनपाठन बन्द गरिएको जनाएको हो।

नेपाल सरकारको आइतबार भएको निर्णय र नगर प्रमुख प्रकाश अधिकारीको निर्देशनानुसार विद्यालय बन्द गरिएको जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्