विदुर नगर क्षेत्रका विद्यालय अनिश्चितकालका लागि बन्द [सूचनासहित]



नुवाकोट,वैशाख १४ । जिल्लाको विदुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ।

मंगलबार नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो।

सोमबार साँझ मन्त्रिपरिषद्ले बढ्दो कोरोना संक्रमण न्यूनीकरणका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

नगरको सूचना

प्रतिक्रिया दिनुहोस्