शैक्षिक संस्था बन्दबारे यस्तो आयो पञ्चकन्या गाउँपालिकाको सूचना



नुवाकोट,वैशाख १४ । जिल्लाको पञ्चकन्या गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि बन्द हुने भएको छ।

मंगलबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय बुधबारदेखि अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो। विद्यालय बन्द भएपनि भर्चुअल कक्षा शिक्षण गराइराख्न सम्बन्धित विद्यालयहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ।

सोमबार साँझ मन्त्रिपरिषद्ले बढ्दो कोरोना संक्रमण न्यूनीकरणका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्