जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी



काठमाडौ,वैशाख १४ । जिल्ला प्रशासन काठमाडौद्वारा थप आदेश जारी गरेको छ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अत्याश्यक सेवामा केही बुँदाहरु थप गरी आदेश जारी गरेका हुन् ।

जारी आदेशमा भनिएको छ ‘मृत्यु, संस्कार र बिरामी कुरुवाको रुपमा रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्नेछ ।’

हेर्नुस् पुरा सूचना

प्रतिक्रिया दिनुहोस्