लिखु गाउँपालिकाका विद्यालय अनिश्चित समयका लागि बन्द



नुवाकोट,वैशाख १५ । जिल्लाको लिखु गाउँपालिका क्षेत्रका सबै विद्यालय यहि वैशाख १५ गते बुधबारदेखि अनिश्चित समयका लागि बन्द भएको छ।

बुधबार गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै सेवा क्षेत्रका सबै विद्यालय अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको हो। विद्यालय बन्द भएपनि भर्चुअल कक्षामार्फत शिक्षण गराइराख्न सम्बन्धित विद्यालयहरुलाई गाउँपालिकाले अनुरोध गरेको छ।

सोमबार साँझ मन्त्रिपरिषद्ले बढ्दो कोरोना संक्रमण न्यूनीकरणका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्