बाँकेमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु



काठमाडौं,वैशाख १५ । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज–१७ की ३९ वर्षीया महिला र १२ नम्बर वडाका २५ वर्षीय पुरुषको मृत्यु रहेको बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले जानकारी दिए ।

यस्तै, कोरोना पुष्टि भएपछि बैशाख ६ गते नै अस्पताल भर्ना भएका पुरुषको बुधबार बिहान साढे २ बजे मृत्यु भएको हो । बाँकेमा योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्