नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल



नुवाकोट,वैशाख १६ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा रामशरण प्याकुरेलने नियुक्त भएका छन् । प्याकुरेल नेकपा एमाले नुवाकोटका संस्थापक सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य समेत हुन।

अन्तरिम समयका लागि क्याम्पसको अध्यक्ष बन्न विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र पूर्व मेयर ठाकुर गजुरेलले समेत प्रयास गरेको श्रोतले जनाएको छ यद्यपी त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्याकुरेललाइ क्याम्पसको जिम्मेवारी दिएका छन् ।

नुवाकोट सरोकार समाजका अध्यक्ष समेत रहेका प्याकुरेलका क्याम्पस सुधार गर्न अवसर र चुनौति दुबै रहेको सरोकारवालाहरुले बताएका छन् । चैत अन्तिम साता नै प्याकुरेलले जिम्मेवारी पाउनुभएको भए पनि बिहीबार नुवाकोटको त्रिशुली प्रवाह साप्तहिक मार्फत प्याकुरेलको जिम्मेवारी पत्र सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्