पछिल्लो २४ घण्टामा ५६ सय ५७ थप संक्रमित



काठमाडौं, बैशाख १७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५६ सय ५७ जना संक्रमित थपिएका छन् ।

यससंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमै ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्