उपत्यकामा एकै दिन २९५६ जनामा कोरोना संक्रमण



काठमाडौं,वैशाख १७ । काठमाडौंसहित उपत्यकामा एकै दिन २ हजार ९५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा थपिएकामध्ये काठमाडौंमा २ हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्