कोरोनाबाट डिएसपी खरेलको निधन



काठमाडौं,जेठ १० । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी समिरचन्द्र खरेलको निधन भएको छ । २०५१ सालमा असईबाट प्रहरीमा भर्ना भएका उनको प्रहरी अस्पतालमा उपचारको क्रममा सोमबार उनको निधन भएको हो ।

तीन साताअघि कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य बिग्रदै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

कोरोनाबाट सुरक्षामा खटिने क्रममा नेपाल प्रहरीका ११ कर्मचारीले ज्यान गुमाइसकेका छन् । गत साता मात्र नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्