सुनचाँदीको मूल्य आज पनि स्थिर
काठमाडौं,कात्तिक २२ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। गत शुक्रबारकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला तीन हजार ८१० रुपैयाँ रहेको छ।
गत शुक्रबार पनि छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
यससँगै आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।

