शिवपुरी कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषबाट आर्थिक सहयोग



नुवाकोट,जेठ ११ । शिवपुरी गाउँपालिकामा रहेको कोभिड अस्पताललाई टीका-कमला थापा स्मृति कोषले आर्थिक सहयोग गरेको छ।

कोषका तर्फबाट रामबहादुर थापाले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई सो रकम हस्तान्तरण गरेका हुन ।

कोषबाट सहयोग स्वरुप प्राप्त एक लाख रुपैयाँ आर्थिक कमजोर भएका बिरामीका निम्ति खर्चिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्