हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु



बर्दिया,जेठ ११ । हात्तीको आक्रमणबाट बर्दियामा एउटै परिवारका आमा–छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल खचकपुरकी ३७ वर्षीयाा चन्द्रा बिक र उनकी ३ वर्षीयाा छोरी दिपिका बिक छन् । सोमबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई वटा जंगली हात्तीले घरमा बसिरहेका उनीहरुलाई आक्रमण गरेको थियो ।

हात्तीले आमा छोरीलाई नै आफ्नो सुँढमा बोकेर घरबाट ३० मिटर टाढा पुर्याएको प्रहरीले बताएको छ । यसरी आक्रमणमा परेकी आमाको घटनास्थलमै र छोरीको नेपागञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा आज मंगलबार बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्