नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो



नुवाकोट,जेठ ११ । जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नुवाकोट र धादिङका गरी मंगलबार दुई जनाको मृत्यु भएसँगै जिल्लामा कोरोना कारण मृत्यु हुनेको संख्या २१ पुगेको हो ।

जिल्ला अस्पताल त्रिशूलीका अनुसार मंगलबार म्यागङ गाउँपालिका ५ का ५० वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । त्यसैगरी धादिङ निलकण्ठ नगरपालिका ३ का ७२ वर्षीय एक पुरुषको बिहान ११ बजे मृत्यु भएको त्रिशूली अस्पतालका प्रशासन अधिकृत देवराज पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

जिल्लामा १ हजार ७९ जना सक्रिय संक्रमित भएका छन् भने निको हुनेमा १ हजार ८ सय १० जना रहेका छन् । अस्पतालमा ६३, आइसोलेसन सेन्टरमा ४२ र होम आइसोलेसनमा ९ सय ७४ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्