काभ्रेमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपियो



काठमाडौ,जेठ ११ । जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञाको समयावधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेका हुन् । यस अघि तोकिएको निषेधाज्ञाको अवधि भोली राती १२ बजे सकिदैँ छ । कोरोना संक्रमणमा कुनै कमि नआएको भन्दै निषेधाज्ञाको अवधि लम्ब्याइएको पोखलेरले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै कोरोना नियन्त्रणमा कमी नआएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

अत्यावश्यक बाहेक निषेधाज्ञा अवधिभर सार्वजनिक तथा नीजि सवारी साधन संचालन गर्न पाइनेछैन । खाद्यन्न तरकारी तथा फलफूलका पसलहरु बिहान ६ बजेदेखी १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ । बैंक तथा वित्तिय संस्था आलोपोलो प्रणालीबाट संचालन गर्नुपर्ने छ । औषधी पसल स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि संचालन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्