आज साँझ चन्द्रग्रहण लाग्दै, सुतक नलाग्ने



काठमाडौं, जेठ १२ । आज बुधबार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ५ः३२ बजे सुरु हुने चन्द्रग्रहण ७ः१६ मध्ये हुने र राति ८:५७ मिनेटमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले उल्लेख गरेको छ। चन्द्रग्रहण छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक भने नलाग्ने समितिको ठहर छ ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता समेत रहिआएको छ ।

तर अमेरिकी अन्तरिक्षी एजेन्सी नासाका अनुसार चन्द्रमा पुर्णरूपमा रातो देखिने समय जम्मा १४ देखि १५ मिनेट मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्