पञ्‍चकन्या घलेगाउँका एक कोरोना संक्रमित पुरुषको मृत्यु



नुवाकोट,जेठ १३ । पञ्‍चकन्या गाउँपालिकास्थित घलेगाउँका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

कलेजोका बिरामी ती पुरुष वडा नम्बर ३ स्थित गाउँपालिकाको अस्थायी कार्यालय घलेभञ्ज्याङ नजिकैको आइसोलेसनमा उपचाररत थिए। स्वास्थ्यमा समस्या आएपछि काठमाडौ लगिएको थियोे । उनलाई जेठ ७ गते पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

काठमाडौंका अस्पतालमा बेड नपाएपछि संक्रमित ती पुरुषलाई जेठ ८ गते गाउँ फर्काइएपछि आइसोलेसनमा राखिएको थियो । बुधबार राति एक्कासी छटपटिँदै गर्दा मृत्यु भएको पञ्‍चकन्या गाउँपालिका ३ का वडाध्यक्ष एवं फोकल पर्सन रामबाबु पराजुलीले जानकारी दिए ।

फोकल पर्सन पराजुलीका अनुसार जिल्लाबाट नेपाली सेना आएपछि मृतकको शव व्यवस्थापन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्