धारिलो हतियार प्रहार गरी बाबुले गरे छोराको हत्या



बाँके,जेठ १३ । बाँकेमा आफ्नै बाबुले धोरिलो हतियार प्रहार गरेर छोराको हत्या गरेका छन्। बुधबार साँझ कोहलपुर नगरपालिका वडा नम्बर १२ का ५० वर्षीय ठाकुर प्रसाद वलीले १८ बर्षिय छोरा पोषणको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

बाबु छोराको बिचमा बिबाद हुँदा ठाकुरले छोरालाई गर्धनमा खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते छोरालाई भेरी अस्पताल नेपालगन्जमा पुर्याइए पनि केही समयमा नै अस्पतालले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए।

उनका अनुसार छोराको हत्या आरोपमा मृतकका बाबुलाई पक्राउ गरि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्